जुलेबीमा समाबेश 'आज मन' बोलको गीत सार्वजनिक

फिल्मी फण्डा । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म 'जुलेबी'मा समाबेश 'आज मन' बोलको गीत सार्वजनिक गरीएको छ । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, संगीत तथा शब्द रहेको छ चने उनलाई कोशीश क्षेत्रीले शब्द तथा संगीतमा साथ दिएका छन् ।

गीत सार्वजनिक कार्यक्रममा निर्देशक गणेश देव,निर्माता आभा नेपाल कार्यकारी निर्माता नबिन भट्ट कलाकारहरु सुरक्षा पन्त,सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षित लगायत फिल्मको बाक्लो टिम उपस्थिति रहेको थियो। साथै कार्यक्रममा संचारकर्मीको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक गणेश देव पाण्डेले फिल्मका पात्रहरुलाई रत्नपार्कले जोड्ने बताए, फिल्मको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको र आठौं पात्रको रुपमा रत्नपार्क आँफै रहेको उनले बताए । 'जुलेबी'को कथा आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको निर्देशक पाण्डेले जानकारी दिए  कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले फिल्म रत्नपार्कको वरिपरी घुम्ने बताइन् । साथै उनले फरक फरक कथामा काम गर्ने निर्देशक गणेश देव पाण्डेसंग काम गर्दा मजा आएको अनुभव सुनाइन्। ”यस्तो कथामा धेरै फिल्म बन्दैनन् , हाम्रो समाजले हेर्ने दृस्टीकोणले फरक भएको बताइन् ।

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको फिल्मलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, सुशील सिटौला, उषा रजक, मोनिका थापा, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । चलचित्रकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ । विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको फिल्मको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech