फिल्म 'नाङ्गो गाउँ' बाट पहिलो गीत ‘पहिलो नम्बर’ सार्वजनिक

फिल्मी फण्डा । दीपेन्द्र लामा निर्देशित फिल्म 'नाङ्गो गाउँ' बाट पहिलो गीत ‘पहिलो नम्बर’ सार्वजनिक भएको छ । गीतमा नायक कर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक देखिएका छन् । किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत रहेको गीत बूढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको उक्त भिडियोलाई आलोक शुक्लाले खिचेका हुन् ।

क्लब वर्क क्रियशन प्रा लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ । फिल्मका प्रस्तुतकर्ता भने हिमाल शर्मा हुन् । यस फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ रहेका छन् ।

राजनीतिका कारण नाङ्गिदै गएको गाउँको अवस्थालाई देखाइएको फिल्ममा बनिष शाहको सम्पादन रहेको छ । फिल्ममा कर्मा र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कमलमणी नेपाल, अंकित खड्का, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ । 

यसअघि 'घामपानी' र 'गोपि' फिल्मको निर्देशन बाट सफलता पाउन नसकेका दीपेन्द्रले पहिलोपटक 'छ माया छपक्कै' बाट सफलताको स्वाद चाखेका थिए । त्यसपछि उनले '२ नम्बरी' फिल्मको निर्देशन गरेका थिए । उक्त फिल्मले भने दर्शकको ठिकठाक साथ पाएको थियो। सबै एकै परिवेशमा फिल्म बनाउँदै आएका लामाले यसपटक पनि आफ्नो लिग बाट फरक फिल्म बनाउन सकेका छैनन् । अब यस फिल्मले दर्शकबाट कत्तिको साथ पाउँछ त्यो हेर्न भदौ २९ नै कुर्नुपर्ने हुन्छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech