फिल्म 'ऐँचो पैँचो'को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा । कृषा चापागाईं को निर्देशनमा बनेको फिल्म 'ऐँचो पैँचो'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर अनुसार फिल्ममा राजनीतिक बिषयलाई प्राथमिकतामा दिइएको छ ।  विशेष गरेर नेपालको ग्रामिण क्षेत्रमा हुने राजनितिक खिचातानीको बिषयलाई फिल्मले उठाउने प्रयास गरेको छ । भदौं १४ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर ओ एस् आर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । 

काठमाण्डौंमा स्थित एक बिशेष हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर लञ्च गरीएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेकपा एसका नेता तथा सांसद प्रेम आले उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै आलेले फिल्मको कथामा मा राजनितिक बिषयलाई उठाएको कारण आफुले राजनितिक बिषयमा नयाँ खुराक दिन सक्ने बताएका थिए । साथै कार्यक्रममा नायिका सवसतिमा खड्का, नायक कोशिष क्षेत्री, मुकुन भुसाल, शुशिल सिटौला लगायत कलाकारको उपस्थिति रहेको थियो । उता फिल्मकै मुख्य अभिनेत्री  बर्षा राउत भने अनुस्थित रहेकि थिइन् ।  

पुरुषोत्तम प्रधानको छायँकन, अभिमन्यु निरबको कथा रहेको फिल्मलाई निर्देशक कृषाकै दाजु बिशाल चौलागाई ने निर्माण गरेका हुन् भने प्रितम लामिछाने र आदया लामिछानेले लगानी गरेका हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech