‘एनिमल फेम’ तृप्तिले प्रशष्त इन्टिमेट सिन सहमत, ९ भाषामा हुनेछ रिलिज

फिल्मी फण्डा। साउथ सिनेमाका अभिनेता प्रभासको फिल्म ‘स्पिरिट’ यतिबेला चर्चामा छ । यस फिल्ममा दीपिका पादुकोण फिल्मबाट बाहिरिएकी छिन् र भने अब यसमा तृप्ति डिमरी देखिनेछिन् ।

फिल्म ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ मा मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । यस फिल्ममा उनीसँग प्रभासले स्क्रिन सेयर गर्नेछन् । यो फिल्मको छायांकन यसै वर्षको अन्त्यबाट सुरु हुनेछ ।

‘एनिमल’ फिल्म फेम अभिनेत्री तृप्ति डिमरी फिल्ममा उनी डाक्टरको भूमिकामा देखिने पनि बताइएको छ, जसको जानकारी उनले आफैंले सामाजिक सञ्जालमा दिएकी छिन् ।अभिनेत्रीले सामाजिक सञ्जालमा फिल्मको पोस्टर पनि शेयर गरेकी छिन्, जसमा उनको नाम कन्नड, हिन्दी, मलयालम, तेलुगु, तमिल, अंग्रेजी, चाइनिज जस्ता ९ भाषामा लेखिएको छ ।

यसअघि ‘स्पिरिट’ मा दीपिका पादुकोण र प्रभास मुख्य भूमिकामा थिए तर अहिले दीपिकाको ठाउँमा तृप्ति डिमरीले लिएकी छिन् । यस फिल्मका लागि ४ करोड भारुमा तृप्तीलाई फाइनल गरिएको बताइएको छ । यो फिल्मको सुटिङ यसै वर्षको अक्टोबर २०२५ देखि सुरु हुनेछ । योसँगै यो फिल्म सन् २०२६ मा रिलिज हुनसक्छ तर यसको आधिकारिक घोषणा भने भइसकेको छैन ।

रिपोर्टका अनुसार ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता तीव्र ड्रामा फिल्मका लागि चर्चित सन्दीप रेड्डी वांगाले यसको निर्देशन गरिरहेका छन्। यस फिल्ममा तृप्ती डिमरी र प्रभासबीच धेरै इन्टिमेट दृश्यहरू देख्न सकिन्छ।

निर्देशक सन्दीप रेड्डी वांगासँग तृप्तीको यो दोस्रो फिल्म हो । यसअघि उनी फिल्म ‘एनिमल’ मा देखा परेकी थिइन्, जसमा उनको भूमिकालाई दर्शकले निकै मन पराएका थिए ।

तृप्ति डिम्रीको वर्क फ्रन्टको कुरा गर्दा यो फिल्म बाहेक उनीसँग धेरै प्रोजेक्ट छन् । उनको फिल्म ‘धडक २’ अगस्ट १, २०२५ मा सिनेमाघरमा रिलिज हुनेछ, जसमा उनले सिद्धान्त चतुर्वेदीसँग काम गरेकी छिन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech