फिल्मी फण्डा । आज बाट प्रदर्शन हुने फिल्म 'ऐंचो पैंचो'को बुधवार काठमाडाकौं कमलपोखरीस्थित बिग मुभिज्मा ग्राण्ड प्रिमियर समपन्न भएको छ । प्रिमियरमा फिल्म हेर्न कलकारहरु त हुने नै भए, राजनीतिक क्षेत्रका व्यक्तित्वहरुको पनि बाक्लै उपस्थिती देखिन्थ्यो ।
राजनीतिक पृष्ठभुमिमा निर्माण भएको फिल्म हेर्न निर्माण पक्षको निमन्त्रणामा नेताहरु हलसम्मा आईपुगेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्व प्रधामन्त्री माधव कुमार नेपाल, एमाले नेता रघुजी पन्त, महेश बस्नेत, उप सभामुख ईन्दिारा राना, कांग्रेस नेता प्रदीप पौडेललगायत दर्जनौं नेताहरु फिल्म हेर्न हल आईपुगेका थिए ।
यस्तै नेपाली चलचित्र उद्योगका विशिष्ट कलाकारदेखि नव प्रतिभाहरु समेत 'ऐंचो पैंचो' हेर्न आई पुगेका थिए । एक साथ दुईटा पर्दामा प्रिमियर गरेको फिल्म हेर्न बिग मुभिज खचाखच देखिन्थ्यो । यद्धपि समय व्यस्तताका बावजुद भन्दै नेताहरुले आधा बढि फिल्म हेरेका थिए । अन्यलै पुरै फिल्म हेरेर प्रतिक्रिया दिएका थिए ।
'ऐंचो पैंचो'लाई लिएर प्रिमियरमा मिश्रिच प्रतिक्रिया आएको छ । अधिकांश कलाकार, नेता तथा मिडियाले फिल्म निकै राम्रो बनेको भन्दै शुभकामना दिएका छन् । कतिपयले भने फिल्म औसत रहेको बताएका छन् । फिल्मका लागि उपस्थित सबैले शुभकामना दिएका थिए ।
फिल्म सकेर मिडियासँग कुराकानी गर्ने क्रममा उपस्थित कलाकारहरु 'ऐंचो पैंचो'का कलाकारहरु स्वस्तिमा खड्का, शुशिल सिटौला, मुकुन भुषाल, कोशिश क्षेत्रीलगायतको अभिनयको तारिफ समेत गरेका थिए ।
निर्मात्री कृषा चौलागाईं यहि फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । उनले आफ्नो होम प्रोडक्शनमा निर्माण गरेको फिल्ममा स्वस्तिमा, शुशिल, मुकुन, बर्षा राउत, कोशिश, राजाराम पौडेल, रमेश बुढाथोकी, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको अभिनय रहेको छ । फिल्म आज (बिहीवार)बाट देशभर रिलिज हुँदैछ ।
के.पी. फिल्म्सको ब्यानरमा प्रितम लामिछाने र आध्या लामिछानेद्वारा निर्मित फिल्ममा विशाल चौलागाईं सहनिर्माता रहेका छन् भने अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणाको भीएफएक्स, मुकेश शाहको साउन्ड डिजाइन तथा विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।