ट्रान्सवुमनको कथामा आधारित ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा। ट्रान्सवुमनको संघर्षमा आधारित फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा लिंगीय पहिचान खोज्ने पात्र र त्यसलाई दबाउन खोज्ने परिवारबीचको द्वन्द्व चित्रित गरिएको छ।

नाजिर हुसेनले ट्रान्सवुमनको भूमिका निर्वाह गरेको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा, अनुपम श्रेष्ठ, राजकुमार घोष र विशाल पहारीको अभिनय छ। समुन्द्र भट्ट निर्देशित फिल्म भदौ १३ गते प्रदर्शनमा आउँदैछ।

फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य विदेशमै गरिएको छ। हलिउड गायिका लिजा जेरार्डको स्वर र मार्सेलो दी फ्रान्सिसीको ब्याकग्राउन्ड म्युजिक रहेको यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले ले खरिद गरेको हो।

नेपाली र हलिउड प्रोडक्सन हाउसको सहकार्यमा बनेको फिल्ममा आकाश बुढाथोकी र भी–भन्से जानुबोनको लगानी, जेफ्री जे वेन र स्टिभ जोन्स्टनको कार्यकारी निर्माण तथा अनुपम श्रेष्ठको सह–निर्माण रहेको छ। फिल्म अमेरिकाको तस्वीर फिल्म मार्केटमा पनि छनोट भएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech