फिल्मी फण्डा। हरिवंश आचार्य अभिनीत नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा हरिवंश एकल रूपमा देखिएका छन्, जसले फिल्ममा उनको प्रमुख भूमिकालाई संकेत गर्छ।
हरिवंशले टेलिभिजनमार्फत लोकप्रिय बनाएको ‘हरिबहादुर’ पात्रको झल्को दिने शैलीमा पोस्टर तयार गरिएको छ। उक्त पोस्टर शान थापा र विजय वस्यालले डिजाइन गरेका हुन्।
दिपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र दशैंको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, दिव्य देव, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपालको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रको छायांकन कृष्णबहादुर थापाले, सम्पादन नकुल खड्काले गरेका छन्।
फिल्मको संगीत वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले तयार गरेका छन्। गीतमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर समावेश छ।