फिल्मी फण्डा। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आइतबार काठमाडौंमा आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’मा अभिनेता नाजिर हुसेनसहितको टोली उपस्थितीले धेरैको ध्यान आकर्षित गरेको छ।
ब्लु डायमन्ड सोसाइटीले आयोजना गरेको यस परेडमा नाजिरले आफ्नो आगामी चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ बारे समुदायलाई जानकारी गराएका थिए। चलचित्र तेस्रोलिंगी महिलाको पहिचान र संघर्षमाथि आधारित रहेको उनले बताए।
नक्साल नारायणचौरबाट सुरु भएको परेड दरबारमार्ग, ठमेल, ज्याँठा, ठहिटी हुँदै बसन्तपुर पुगेर दीप प्रज्वलन र मौन धारणासहित सम्पन्न भयो।
समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले समुदायका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
आयोजनामा दिवंगत समुदायका सदस्यहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।