‘माग्ने राजा’को प्रदर्शनमा उत्साहजनक व्यवसाय

फिल्मी फण्डा।  भदौ ६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘माग्ने राजा’ ले उत्साहजनक व्यापार गरेको छ। हरितालिका तीजको बिदा परेको दिन रिलिज भएकाले चलचित्रले शुरुवातमै आक्रामक व्यापार गर्ने अवसर पाएको हो।

शुक्रबारदेखि नै उच्च दर्शक उपस्थितिमा प्रदर्शन सुरु भएको यस चलचित्रको टिकट मध्यान्हतिर पाउन मुस्किल हुने अवस्था सिर्जना भएको थियो। शनिबार झन् व्यवसाय बढ्दै गएपछि कलाकार केदार प्रसाद घिमिरेले सामाजिक सञ्जालमार्फत टिकट पाउन गाह्रो भएको अनुभव व्यक्त गरेका छन्।

आइतबार र सोमबार व्यापार केही सुस्त भए पनि मंगलबार फेरि दर्शक हलतर्फ आकर्षित भएका छन्।

ऋषि लामिछानेको निर्देशन र मुनाल घिमिरेको निर्माणमा तयार भएको यस चलचित्रमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech