नीता ढुङ्गाना र हरिहर अधिकारीको सहभागितामा अष्ट्रेलियामा तीज महोत्सव

फिल्मी फण्डा। अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ। नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी हुन्।


महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य, तथा तीज सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएका छन्। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ।

कार्यक्रममा अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिने भएका छन्। अभिनेता अधिकारीका अनुसार, कार्यक्रममा साँझ दुईवटा स्टेज प्रदर्शनको तयारी गरिएको छ।

नेपाली हिन्दु समाजले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ। आयोजकका अनुसार, महोत्सवले नेपाली संस्कृति संरक्षण र प्रवद्र्धनसँगै समुदायबीच आपसी भेटघाट र सम्पर्क विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ
 
 
 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech