फिल्मी फण्डा। नेपाली फिल्म ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्समा आयोजित विशेष समारोहबीच प्रिमियर सम्पन्न गरिएको हो ।
फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल र हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहेको छ । नेपाली फिल्म इतिहासमै व्यावसायिक कीर्तिमान बनाएको ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले यसलाई निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक पौडेलकै लेखन समावेश छ ।
फिल्ममा बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको संगीत रहेको छ । नरदेवी फिल्म्स र सारंगी फिल्म्सले संयुक्त निर्माण गरेको यस फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् ।
‘कोशेढुंगा’ आज भदौ १२ गते देखि देशभर प्रदर्शनमा आएको छ । साथै, नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ ।