भाइटिकाको दिनमा अशोक दर्जीको चलचित्र ‘मन बिनाको धन’ को शिर्ष गीतको टिजर सार्वजनिक

फिल्मी फण्डा। नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’ को शिर्ष गीतको टिजर सार्वजनिक गरिएको छ । चलचिको सार्वजनिक टिजरमा रुदै गरेको अशोकलाई देखन् सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको शिर्ष गीतको केहि अंश प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलर १२ गते बुधबार सार्वजनिक गर्ने समेत जानकारी दिएको छ।
 
कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ को यति बेला  देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ। 
 
बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।  
 
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’चलचित्रलाई  टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संगौला , बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । 
 
चलचित्र  अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ । 
 
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको  छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई  एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech