११ औं नेफ्टा अवार्ड अमेरिकामा हुने

फिल्मी फण्डा । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकामा हुने भएको छ । 

नेफ्टा फिल्म अवार्डको आयोजक चलचित्र प्राविधिक संघले विज्ञप्ति जारी गर्दै नेफ्टा अवार्ड आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अमेरिकाको टेक्सासमा हुने जनाएको छ ।

nefta11th.jpg

नेपालसहित विदेशी भूमिमा सञ्चालन गरिने यो अवार्ड यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा भएको छ । टेक्सासमा हुने अवार्ड विदेशी भूमिमा भएको मध्ये पाँचौ हुनेछ ।

नेपाली चलचित्रको बजारलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यसहित नेफ्टा अवार्ड अमेरिकामा गर्न लागिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।

नेफ्टा अवार्डलाई अमेरिकामा सञ्चालन गर्न नेफ्टाले यूएस खबर, फेम नेपाल र आर्यन फिल्म्ससँग सहकार्य गर्ने भएको छ । 

नेपाली कलाकारलाई सम्मान गर्ने कार्यक्रम अमेरिकामा हुनु सुखद रहेको अमेरिकामा अध्ययनरत सञ्चारकर्मी प्रशन्न ढुंगानाले बताए ।

नेफ्टा अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा फिल्मकर्मी, आयोजक, संचारकर्मीसहितको सर्वपक्षीय जुम बैठक सञ्चालन गर्ने भएको छ । 
     
           
    
 
  
   

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech