फिल्मी फण्डा । रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को टिजर आइतबार युना डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको छ ।
३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र गाउँमा साहुले गरेको अत्यचारबीचको संघर्षको कथालाई टिजरले देखाउँछ । ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ ।
आगामी पुष १० गते बाट प्रदर्शनमा आउन तयारीमा रहेको यो फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल को मुख्य भूमिका रहेको छ । उनीहरूसँगै दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
आशिष ढकाल को लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन् । फिल्ममा अजय रेग्मी को छायांकन (डिओपी), तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । फिल्मको वितरणको जिम्मा आर आर फिल्मस् ले लिएको छ ।