‘यो मन त मेरो नेपाली हो’ लाई अमेरिकामा उत्कृष्ट कथानक फिल्मको अवार्ड

फिल्मी फण्डा। अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सान फ्रान्सिस्को ईन्टरनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले अवार्ड जितेको छ । बिश्वभरिबाट एक सय अठार फिल्म समाबेश भएको उक्त अवार्डमा यस चलचित्रले उत्कृष्ट कथानक फिल्मको अवार्ड जितेको हो । 
 
चलचित्रका निर्माता तथा निर्देशक मित्र प्रधान (नर)ले अवार्ड लिदै नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले अमेरिकामा उत्कृष्ट कथानक फिल्मको अवार्ड पाउनु आफैमा ठुलो कुरा भएको र नेपाली फिल्मको लागि यो खुसीको कुरा भएको बताउनु भयो ।प्रधानले आफ्नो कथा मन पराउनु भएकोमा सबै जुरिलाई धन्यवाद दिनुभयो । 
 
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले यस अघि  बेलायतमा आयोजना भएको ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ। फिल्मलाई सौरभ लामाले खिचेका थिए।
 
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यस फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, नारायण खाती, भुपेन्द्र लिङ्देन “मन्त्री” ,बिजिता परियार लगायतको अभिनय रहेको छ।
 
मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ। यसमा सौरभ लामाको छायाङ्कन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सिजिआई सत्यम राना रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech