Classic Cine Universe Pvt. Ltd बाट चलचित्र संग्रहालयका लागि EX3 क्यामेरा हस्तान्तरण
फिल्मी फण्डा
२०८२ कार्तिक २९,शुक्रवार ०५ : ५६ PM
2.4k
Shares
फिल्मी फण्डा। नेपाली चलचित्र छायांकनमा महत्वपूर्ण पहिचान बनाउँदै आएको Classic Cine Universe Pvt. Ltd ले आफ्नो संस्थागत योगदानका रूपमा प्रयोगरत PMW Sony EX3 क्यामेरा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको छ।
‘दुलही’, ‘सोर्य’, ‘हाता लाग्यो शून्य’, ‘कसम’, ‘नमस्ते’जस्ता दर्जनौँ चर्चित नेपाली चलचित्रको छायांकनमा प्रयोग भएको यस क्यामेरालाई संस्थाको २५ वर्षे सफल यात्रा तथा योगदानको प्रतीकस्वरूप चलचित्र संग्रहालय (Film Museum) मा प्रदर्शित गर्नका लागि प्रदान गरिएको हो।
PMW Sony EX3 क्यामेराबाट छायांकन भएका प्रमुख चलचित्रहरू :
सन् २०५७ साल कार्तिकमा स्थापना भएको Classic Cine Universe आज २५ वर्ष पार गरिरहेको अवसरमा, सञ्चालक दिवेशकुमार महर्जनले २०८२/०७/१२ गते चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई क्यामेरा औपचारिक रूपमा हस्तान्तरण गरे।
यस कार्यक्रममा Classic Cine Universe का चेयरम्यान दिनेेशसिंह महरा, प्रोडक्सन डिजाइनर प्रकाश हमाललगायतको उपस्थिति थियो।
चलचित्र विकास बोर्डले यस योगदानलाई नेपाली चलचित्र इतिहास संरक्षण तथा संग्रहालय निर्माणको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ।