फिल्मी फण्डा । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्त ले जितेकी छन् । शनिवार राती राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले २४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।
रक्षाले प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल ले सोधेको समाजमा विद्यमान विकृति हटाउने विषयमा दिएको सटिक जवाफका आधारमा शिर्ष उपाधि हासिल गरिन् ।
उपाधिसँगै उनले स्कुटर प्राप्त गरेकी छन् भने अमेरिकामा हुने मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गरेकी छन् ।
अन्य मुख्य उपाधिहरू मिसेस नेपाल इन्टरनेशनल: सञ्जु भट्टएमएस नेपाल इन्टरनेशनल: दिपिका तामाङफर्स्ट रनर्सअप: विद्या चौहान (भ्युवर्स च्वाइस र फेसबुक च्वाइस उपउपाधिसहित)सेकेन्ड रनर्सअप: एलिना केसीथर्ड रनर्सअप: निर्मला सुनुवारमिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल प्रतियोगितामा भाग लिन पाउनेछन्।
सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्द लाई झन्डै साढे ३ दशकदेखि कला, संस्कृति र साहित्यको क्षेत्रमा पुर्याएको योगदानबापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरियो ।
रिबन इन्टरटेनमेन्टद्वारा आयोजित यो प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता सरोज खनाल, अभिनेत्री सनी रौनियार लगायत निर्णायक मण्डलमा रहेका थिए।