चलचित्र बोर्डद्वारा ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ घोषणा, पहिलो पटक वृत्तचित्र विधा समावेश

फिल्मी फण्डा। चलचित्र विकास बोर्डले नेपाललाई सांस्कृतिक, कलात्मक र पर्यटनको दृष्टिले विश्वसामु पहिचान गराउने उद्देश्यका साथ “वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२” को घोषणा गरेको छ । बोर्डले पहिलो पटक वृत्तचित्र प्रतियोगिता विधा समावेश गरेको हो ।

यो प्रतियोगिता कला, संस्कृति, भाषा, पर्यटन विकास तथा सामाजिक रूपान्तरण जस्ता महत्वपूर्ण विषयहरूलाई फिल्ममार्फत सशक्त ढंगले प्रस्तुत गर्न सक्षम नेपाली सर्जकहरूलाई प्रोत्साहन गर्न सुरु गरिएको हो । बोर्डले यो प्रतियोगितालाई ‘Game-Changer’ बन्ने अपेक्षा राखेको छ ।

प्राथमिकता: शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, प्रविधि, सुशासन र सामाजिक चेतनामूलक विषय केन्द्रित वृत्तचित्र तथा लघु चलचित्र निर्माणलाई प्राथमिकता दिइएको छ ।समयसीमा: इच्छुक सर्जकहरूले सूचना प्रकाशित भएको मितिबाट ७५ दिनभित्र तोकिएको ढाँचामा आवेदन दर्ता गर्नुपर्नेछ ।प्रविष्टि मापदण्ड: चलचित्र राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि प्रतिस्पर्धामा सहभागी भएको हुनु नहुने । २K Resolution वा सो सरह प्रविधिमा तयार हुनुपर्ने । अवधि कम्तीमा पाँच मिनेटदेखि बढीमा साठी मिनेटभित्र सीमित हुनुपर्ने ।

बोर्डका अनुसार उत्कृष्ट ठहरिने वृत्तचित्र तथा लघु चलचित्रहरूलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिनेछ । यस कदमले नेपाली वृत्तचित्र तथा लघु चलचित्रलाई नयाँ उचाइमा पुर्‍याउँदै नेपाललाई विश्वसामु सांस्कृतिक राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास बोर्डले लिएको छ ।

आवेदन फाराम तथा विस्तृत विवरण बोर्डको कार्यालय वा आधिकारिक वेबसाइट www.film.gov.np मार्फत प्राप्त गर्न सकिनेछ।

WhatsApp Image 2025-11-17 at 12.30.23 PM.jpeg

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech