फिल्मी फण्डा । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’ ले तीन दिनमा विश्वभर तीन अर्ब ८४ करोड ६९ लाख भारतीय रुपैयाँ कमाएको छ । बिहीबारबाट भारतभर एकैसाथ हिन्दी, तमिल र तेलुगुमा रिलिज भएको थियो। यो फिल्म विश्वका धेरै देशमा पनि रिलिज भएको छ ।
यस फिल्ममा नयनता र विजय सेतुपतिसँगै दीपिका पादुकोण विशेष भूमिकामा छिन् ।पहिलो दिन फिल्मले सबै भाषामा जम्मा १ सय ४४.२२ करोड कमाएको थियो, जसमध्ये ६८.७२ करोड रुपैयाँ हिन्दी रिलिजबाट आएको थियो। यो कुनै पनि चलचित्रको पहिलो दिनकै उच्च कमाई भएको दाबी गरिएको छ ।