अष्ट्रेलियामा ‘गलबन्दी नाइट’ हुने, गायिका समीक्षा र गायक सुवास जाँदै

फिल्मी फण्डा। अष्ट्रेलियामा आगामी जनवरी २३ देखि सांगीतिक कार्यक्रम ‘गलबन्दी नाइट’ आयोजना हुने भएको छ । नेपाली मौलिक गीत–संगीत र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रममा पछिल्लो समयकी व्यस्त गायिका समीक्षा अधिकारी, अभिनेता एवं गायक आमेश भण्डारी र गायक तथा संगीतकार सुवास खत्रीले दर्शकलाई मनोरञ्जन दिनेछन् । कार्यक्रमका लागि समीक्षा र सुवासको टोली नेपालबाट अष्ट्रेलिया जाने तयारीमा छ भने आमेश केही समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका छन् ।

गायक सुवास खत्री पछिल्लो समय चर्चामा रहेको गीत ‘शिरमा शिरबन्दी’ का कारण दर्शकमाझ लोकप्रिय छन् । स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस प्रा.लि र पाल्पा इन्टरटेनमेन्टले संयुक्त रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । ग्राण्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बन । साँझ ६ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।३० डलर तोकिएको छ, जुन क्यूआर कोड र तोकिएका सम्पर्क नम्बरमार्फत लिन सकिनेछ।

परदेशमा रहेका नेपालीहरूलाई आफ्नै माटोको सुगन्ध र सांगीतिक माहौलमा जोड्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजकले लिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech