फ्राईडे रिलिज :  ‘तिम्रो मेरो साथ’ र 'गुञ्जन' एकसाथ हलमा 

फिल्मी फण्डा । पौष २९ शुक्रवार (आज) बाट देशभर दुई फिल्म एकसाथ रिलिजमा आएको छ । रमेश एम के पौडेल निर्देशित फिल्म 'तिम्रो मेरो साथ' र अष्ट महर्जन निर्देशित फिल्म 'गुञ्जन' एक साथ रिलिजमा आएको हो ।

3.jpg

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता पुष्प खड्का स्टारर फिल्म 'तिम्रो मेरो साथ' त्रिकोणत्मक प्रेम कहानीमा आधारित फिल्म हो । फिल्मको कथा भने सबिर श्रेष्ठले लेखेका हुन। 

फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खडका बाहेक सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल, खडक बि पुन, दिपिशा केसी , आदि लगाायतका कलाकारहरुको अभिनय रहेको छ। एमिली लामाको भने यो डेब्यु चलचित्र हो।

सविर श्रेष्ठ फिल्मका लेखक मात्र नभई कार्यकारी निर्माता समेत हुन। सह–निर्मातामा भने पासाङ लामा, अर्णव पौडेल, आर्यन पौडेल, निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली रहेका छन भने शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

यस्तै फिल्म 'गुञ्जन'मा प्रेम, बिछोड र बदलाको कथालाई देख्न सकिन्छ । द्धन्द्ध निर्देशनबाट पहिलो पटक निर्देशकको रुपमा डेब्यु गरेका अष्ट महर्जनले फिल्म राम्रो भएको दाबी गर्दै आएका छन् । 

फिल्ममा तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ । सारा र प्रितम, करिबको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।
एएच इन्टरटेनमेन्ट र हिराकृष्ण शाही फिल्मस्को ब्यानरमा निर्मित यस फिल्ममा हिराकृष्ण शाही निर्माता रहेका छन् । फिल्म काठमाडौं, पोखरा, जोमसोम र दुबईमा छायांकन गरिएको छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech