‘आ बाट आमा २’मा आकाश श्रेष्ठ अनुबन्ध, बैशाखदेखि छायांकन सुरु

फिल्मी फण्डा। निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’मा आकाश श्रेष्ठलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको छ। निर्माण टिमले सोमबार आकाशलाई फिल्ममा अनुबन्ध गरेको जानकारी दिएको हो।

 


निर्देशक पन्तले भने, “हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ। यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित गरिसकेका छौँ।”

 


आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यो फिल्ममा विपना थापा, पल शाह र आकाश श्रेष्ठ रहनेछन्। अन्य कलाकारको बारेमा हाल निर्माण पक्षले कुनै विवरण सार्वजनिक गरेको छैन।

 


फिल्मको छायांकन आगामी बैशाखदेखि सुरु गर्ने तयारी छ। कथाको रचना निर्देशक पन्तले स्वयं गरेका हुन्। हलमा प्रदर्शन भइरहेको पहिलो भाग ‘आ बाट आमा’ले १३ करोडभन्दा माथि व्यापार गरेको छ। पहिलो भाग सुपरहिट भएपछि निर्देशक पन्तले दोस्रो भाग निर्माणको निर्णय गरेका हुन्।

 


पार्ट वानमा विपना थापा आमाको भुमिकामा, पल शाह छोराको भुमिकामा थिए भने बुवाको भुमिकामा भारतीय वरिष्ठ कलाकार प्रदीप रावत थिए। दोस्रो भागमा उनीहरू रहने कि नहुने भन्ने विषयमा निर्माण पक्षले अहिलेसम्म जानकारी दिएका छैनन्। निर्देशक पन्तले अन्य कलाकारको विवरण क्रमशः सार्वजनिक गर्ने बताए।

 


निर्माण पक्षको योजना अनुसार फिल्म दशैंमा रिलिज गर्ने तयारीमा छ। फिल्मको वितरण आर आर फिल्मसले गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech