‘खोजतलास’को विशेष प्रदर्शन सम्पन्न

काठमाडौं । यल्ली वूड फिल्म्स प्रालिको निर्माणमा बनेको फिल्म ‘खोजतलास’ बुधबार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रदर्शन गरिएको छ । दिनेश लिङ्देनको कथा तथा निर्देशन रहेको फिल्मले समाजमा हुने आपराधिक घटनाविरुद्धको संघर्षलाई प्रस्तुत गरेको छ ।

फिल्ममा रुद्र पाहिम, विमला खजुम, पुष्पाञ्जली लिम्बु, पुजा गिरी, शैलेन्द्र नाल्बो, राजकुमार शाह, रोहन सेन्चुरी, सागर केरुङ, तेज मेन्याङबो, राजु घिमिरे, दिपेन्द्र नाल्बो, शर्मिला शर्मा, दिलिप योङहाङ र पूर्ण सेलिङको अभिनय रहेको छ ।

इलाम, पाँचथर, झापा र काठमाडौंमा छायांकन गरिएको फिल्ममा विकास चौधरी र रोशन वान्तवा राईको संगीत, कमल राईको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शिव ढकाल, हेमन योन्जन र ज्ञानु राईको छायांकन रहेको छ ।

शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्म युके, अमेरिका, हङकङ र अष्ट्रेलियालगायत देशमा प्रदर्शनपछि नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech