फिल्मी फण्डा । राजधानीमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६ (सिजन–१३)’ को ग्रान्ड फिनालेमा तोशारा धनाहा मगर र रोनिश मानन्धर विजेता बनेका छन्। दुवैले नगद २ लाख रुपैयाँसहित प्रतिष्ठित उपाधि हात पारेका हुन्।
किशोरीतर्फ तोशाराले उपाधि जित्दा क्रिजल लिम्बु फस्ट रनर्सअप र आभा राजोपाध्याय सेकेन्ड रनर्सअप बनिन्। यस्तै किशोरतर्फ रोनिशले उपाधि जित्दा ओजल ढाख्वा फस्ट रनर्सअप तथा सुप्रित लामिछाने सेकेन्ड रनर्सअप बने।
प्रतियोगितामा विभिन्न विशेष विधाका अवार्डसमेत वितरण गरिएको थियो। विजेता तोशाराले ‘फेसन आइकन’ को उपाधिसमेत जितिन् भने रोनिश ‘पब्लिक च्वाइस विनर’ र ‘मोस्ट इन्टेलिजेन्ट’ घोषित भए।
वरिष्ठ शिक्षाविद् डा. लाक्पा शेर्पा, डिजाइनर सोनाम सुब्बा लिम्बु र इभेन्ट म्यानेजर कामना पौडेल निर्णायक रहेको कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन्।
आयोजक एएनपी मिडिया हाउस का प्रबन्ध निर्देशक लब बहादुर कार्कीका अनुसार प्रतियोगिताले एसईई उत्तीर्ण विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्दै आएको छ।
युवापुस्ताको ग्ल्यामर, प्रतिभा र आत्मविश्वासको उत्सव बनेको यस वर्षको एसईई आइकनले नयाँ स्टारहरूको उदय गराएको आयोजकको दाबी छ।