सामाजिक सन्देशसहित ‘जाँड’को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा । आगामी असार १२ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

निर्देशक राजु शाह को निर्देशनमा बनेको चलचित्रले मद्यपानका कारण परिवारमा आउने तनाव, कलह तथा त्यसको समाजमा पर्ने नकारात्मक प्रभावलाई मुख्य विषय बनाएको छ। साथै, ‘छोरा चाहिन्छ’ भन्ने परम्परागत सोच र लैंगिक विभेदमाथि पनि चलचित्रले प्रश्न उठाएको छ।

राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा रमेश उप्रेती सहित सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाललगायत कलाकारको अभिनय रहेको छ।

ट्रेलर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण टिमले जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech