‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’ शुक्रबारदेखि नुवाकोटमा

फिल्मी फण्डा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ शुक्रबारदेखि नुवाकोटको विदुरमा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, उपत्यका समन्वय समिति र विदेश शाखाबाट छनोट भएका १८ उत्कृष्ट दोहोरी टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रतियोगितामा प्रथम हुने टोलीले रनिङ शिल्डसहित ३ लाख रुपैयाँ, द्वितीयले २ लाख रुपैयाँ, तृतीयले १ लाख रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

नेपाली लोक संस्कृति संरक्षण, स्रष्टाको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई प्रत्यक्ष करिब २० हजार दर्शकले अवलोकन गर्ने तथा विभिन्न सञ्चारमाध्यममार्फत लाखौं दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech