‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक, रहस्यमयी अवतारमा प्रियंका कार्की

फिल्मी फण्डा । आयंका फिल्म्सको प्रस्तुति ‘मास्टर्नी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा शीर्ष भूमिकाकी अभिनेत्री प्रियंका कार्की रहस्यमयी अवतारमा प्रस्तुत भएकी छन्।

बाथटबमा शान्त मुद्रामा देखिएकी प्रियंकाको अभिव्यक्ति र पोस्टरको ट्यागलाइनले फिल्म मनोवैज्ञानिक थ्रिलर शैलीको रहेको संकेत गर्छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेनले डिजाइन गरेका हुन्।

First-look-poster---Masterni-v1--Trident-Concept-2026.jpg.jpeg

शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियंका कार्कीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा र दिनेश काफ्लेको अभिनय छ।

प्रियंका कार्कीको कथामा शान बस्नेतको पटकथा तथा प्रियंका र शानकै संवाद रहेको फिल्म आगामी भदौ ५ गते नेपालीसहित १० भाषामा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech