जेनजी आन्दोलनको कथामा बनेको फिल्म ‘चंगुल’ भदौ १९ देखि प्रदर्शनमा
फिल्मी फण्डा
२०८३ आषाढ २२,सोमवार ०६ : १३ PM
1.4k
Shares
फिल्मी फण्डा । जेनजी आन्दोलन र त्यसअघि तथा त्यसपछिको सामाजिक–राजनीतिक अवस्थालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘चंगुल’ भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
मालती कार्की निर्मित तथा राम गौतम निर्देशित फिल्मले भ्रष्टाचारले ग्रस्त समाज, त्यसविरुद्धको युवा जागरण र आन्दोलनको कथालाई पर्दामा उतारेको छ। गत वर्षको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा फिल्म सोही मितिमा प्रदर्शन गर्न लागिएको निर्माता मालती कार्की ले बताइन्।
फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश कुमार राई, आशा बिसी, स्वस्तिका लामिछाने तथा बालकलाकार रिम्शा कार्की को अभिनय रहेको छ। बिपिन आचार्य र नन्दनी अधिकारी को संगीत, देव महर्जन को द्वन्द्व तथा दिपेन्द्र बस्न्यात को छायांकन र सम्पादन रहेको फिल्मले समसामयिक विषयवस्तु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।