लामो अन्तरालपछि मौसमी मल्लको पुनरागमन, ‘म हुँ सृष्टिको फक्ताङलुङ’ सार्वजनिक
फिल्मी फण्डा
२०८३ श्रावण ५,मंगलवार ०६ : १४ PM
80
Shares
फिल्मी फण्डा। अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ बोलको गीतमार्फत दर्शकमाझ फर्किएकी छन्। गायिका नीता आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
गोविन्द राईको निर्देशनमा तयार भएको भिडियोमा मौसमी नेपाली मौलिक भेषभूषामा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रका रूपमा प्रस्तुत भएकी छन्। नेपालको इतिहास, संस्कृति र पहिचानलाई कलात्मक शैलीमा चित्रण गरिएको भिडियोमा देशका रमणीय दृश्यसमेत समेटिएका छन्।
भिडियो सार्वजनिक भएपछि मौसमीले सामाजिक सञ्जालमार्फत दर्शकलाई गीत हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन्। साथै, आफू हाल नेपालमै रहेको जानकारी पनि उनले फेसबुकमार्फत साझा गरेकी छन्।
गीतमा मनु लोहोरुङ राईको शब्द, साज सिंहको संगीत तथा एरेन्ज रहेको छ। सुरज प्रधानले रेकर्डिङ गरेको गीतको भिडियोमा हिमाल श्रेष्ठ सिनेमाटोग्राफर छन्।
भिडियोको सम्पादन सन्देश शाहले गरेका हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्। भिडियोमा सत्यम रानाको भिएफएक्स, सौरभ लामाको डीओपी तथा विशालको ड्रोन छायांकन रहेको छ।
‘म हुँ सृष्टिको फक्ताङलुङ’ गीतको भिडियो गायिका नीता आचार्यको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।