हरिहर जी !  ‘ह्रस्व दिर्घ’ निर्माण हुन्छ त ?

फिल्मी फण्डा । ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले गतवर्ष एउटा फिल्म बनाउने घोषणा गरेका थिए, जसको नाम थियो 'ह्रस्व दिर्घ' । 'ह्रस्व दिर्घ'लाइ अभिनेत्री नीता ढुंगानाले निर्देशन गर्ने भनिएको थियो । तर, पछी चन्द्र पन्तले निर्देशनको जिम्मा पाए । त्यसताका हरिहर र नीता गहिरो प्रेममा थिए । जुन प्रेम गुपचुप थियो । असार २४ मा उनीहरुले विवाह गरे ।

nita-harihar.jpg

फिल्मको छायांकन भदौबाट गर्ने बताइएको थियो । तर, त्यसो हुन सकेन । त्यसपछि पनि पटक पटक फिल्मको छायांकन सरिरह्यो । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछी मङ्सिरको तेस्रो हप्ताबाट फ्लोरमा जाने भनिएता पनि फिल्म फ्लोरमा जान सकेन । 

जे होस्, ‘ह्रस्व दिर्घ’ नै बन्दैन भनेर पनि फिल्म उद्धोगमा चर्चा चलिरहेको छ । संगसंगै हरिहरको चमक धमक मात्र हो, भन्नेहरुको पनि कमि छैन ।  हुन पनि यति धेरै छायांकन पोस्टपोण्ड भएपछी फिल्म बन्न नसक्ने सम्भावना पनि उतिकै छ । किनकि नेपाल र भारतका चर्चित कलाकार यो फिल्ममा अनुबन्धित भएका छन् ।

आधा दर्जन बलिउडका कलाकार अनुबन्धित गरेको यो फिल्मले कलाकारहरुको समयानुकुल पारी फ्लोरमा जान पनि कठिन छ । यस कारण पनि फिल्मप्रति शंका पैदा भएको छ ।

‘ह्रस्व दिर्घ’मा साउथ इन्डियन फिल्म उद्धोगका ब्रम्हानान्दम, सुनिल वर्मा, अलि बर्षा,  वलिउडका प्रदीप राज रावत, नेपालका सरोज खनाल, सलोन बस्नेत, रविन्द्र झा, बिपना थापा, गरिमा शर्मा संगै हरिहर र नीता आफै पनि मुख्य भूमिकामा देखिने बताइएको छ। 

८ करोडमा बन्ने भनिएको फिल्मको आधा छायांकन भारतको रामुजी फिल्म सिटि र आधा नेपालको विभिन्न स्थानमा हुने बताइएको छ । यो फिल्मलाई वलिउडकै छायाँकार कबिर लालले छायांकन गर्ने समेत निर्माण पक्षले दाबी गर्दै आएका छन् । फिल्म निर्माण हुने हो या होईन त्यो पनि हेर्न बाँकी नै छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech