भोलि हुने परिणिती र राघवको विवाहमा केजरीवालदेखि बलिउड सेलिब्रिटी जाने 

फिल्मी फण्डा–  अभिनेत्री परिणिती चोपडा र आम आद्मी पार्टीका नेता राघव चड्ढाले शनिबार राजस्थानको उदयपुरमा विवाह गर्दैछन् । विवाहका लागि दुवै शुक्रबार बिहान तालको सहर उदयपुर पुगेका छन् ।

विवाहको तयारी पूरा भएको र पाहुनाहरु पनि  विवाहस्थल पुग्ने क्रम सुरु भएको छ । विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान लगायत अन्य राजनीतिज्ञ सहभागी हुनेछन् ।  उनी सोमबार उदयपुरबाट दिल्ली प्रस्थान गर्नेछन् ।

२४ सेप्टेम्बरमा हुने विवाह समारोहमा राजस्थानका मुख्यमन्त्री पनि सहभागी हुनेछन् । यसबाहेक छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलको पनि उपस्थिति रहनेछ ।

परिणिती र सांसद राघवको परिवार दुई फरक होटलमा बस्नेछन् । राघवको परिवार लेक प्यालेसमा र परिणितीको परिवार होटल लीलामा रहनेछ । बेहुला राघवको विवाहको जुलुस होटल ताजलेक प्यालेसबाट डुङ्गाबाट होटल लीला पुग्नेछ, जहाँ यो शाही विवाहको लागि पर्ल ह्वाइट वेडिङ थिम राखिएको छ । सम्पूर्ण सजावट पनि सेतो थिममा हुनेछ । होटल सजाउन दिल्ली र कोलकाताबाट विशेष फूल माग गरिएको छ ।

शनिबार चुरा समारोहपछि, दिउँसो लीला प्यालेसमा पाहुनाको लागि लन्चको व्यवस्था गरिएको छ । सोही साँझ सांगीतिक कार्यक्रम हुनेछ, जसको थिम ९० को दशक हुनेछ । साँझ ९० को दशकका गीत बजाइनेछन् ।

आइतबार हुने विवाह समारोहको तालिका पनि सार्वजनिक भएको छ । जन्ती दिउँसो २ बजे पुग्नेछ । अपरान्ह ४ बजे बिदाइ, साढे ६ बजेदेखि साढे ८ सम्म रिसेप्सन चल्नेछ । विवाहमा बलिउडका धेरै सेलिब्रिटी र चार मुख्यमन्त्री पनि सहभागी हुने बताइएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech