फिल्मी फण्डा– अक्षय कुमार स्टारर बलिउड फिल्म ‘मिसन रानीगञ्ज’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मले वास्तविक कथावस्तुमा आधारित हृदयविदारक उद्धार प्रयत्नलाई चित्रण गर्छ ।
अक्षय कुमार र परिणिती चोपडा अभिनित यो थ्रिलर फिल्मले कोइला खानी उद्धार अभियानको कथा पेश गर्छ । ट्रेलरको प्रमुख विशेषतामध्ये सानदार चित्रण गरिएको पानीमुनिको एक दृश्य हो, जसमा अक्षय र अन्य प्रभावशाली कलाकारले हामीलाई उद्धार अभियानको झलक दिन्छन् ।
फिल्ममा अक्षय कुमारसँगै परिणिती चोपडा, कुमुद मिश्रा, पवन मल्होत्रा, रवि किशन, वरुण बडोला, दिव्यन्दु भट्टाचार्य, राजेश शर्मा, वीरेन्द्र सक्सेना, शिशिर शर्मा, अनन्त महादेवन, जमील खान, सुधीर पाण्डे, बचन पचेरा, मुकेश भट्टलगायतको अभिनय छ ।