रुम्जाटारबाट सुरु भयो ‘डिग्री माइला’को छायांकन

फिल्मी फण्डा– अभिनेता दयाहाङ राईले फिल्म ‘डिग्री माइला’को छायांकन सेट ‘ज्वाइन’ गरेका छन् । शुक्रबारदेखि छायांकन सुरु भएको फिल्मको सेटमा मंगलबार दयाहाङ पुगेका हुन् ।

ओखलढुंगाको रुम्जाटारमा फिल्म छायांकन भइरहेको छ । मंगलबार राति दयाहाङको भागका दृश्य छायांकन भएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए । आँचल शर्मा र बुद्धि तामाङ पहिलो दिनदेखि नै छायांकनमा छन् ।

पहिलो चरणको छायांकन १५ दिन चल्नेछ । त्यसपछि चिसो मौसमको खिच्नुपर्ने भएकाले मंसिरदेखि मात्र दोस्रो चरण सुरु हुनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech