विदेशमा 'पशुपति प्रसाद २ः भष्मे डन’ को बुकिङ खुल्ला

फिल्मी फण्डा– पशुपति प्रसाद २ः भष्मे डन’ को रिलिजको एक महिना अगाडि नै फिल्मको विदेश टिकट बुकिङ खुल्ला गरिएको छ ।  फिल्मको  अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायतका देशमा एक महिना अगाडि नै टिकट बुकिङका खुल्ला गरिएको छ ।

फिल्म अष्ट्रेलियाको मेलर्वनको चाइना टाउनमा अक्टोबर २३ तारिखमा प्रिमिएर हँुदैछ । यस्तै २५ र ३० अक्टोबरको अलवा ५ नोभेम्बरका लागि समेत अग्रिम टिकट खुलेको छ । 

त्यस्तै जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा सिनेमा रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिजका लागि शो खोलिएको छ ।  अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा सिनेमाको शो नै सुरु हुँदैछ ।

अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ । चाँडै अमेरिका, क्यानडा, युरोपका पनि टिकट बुकिङ खोल्ने तयारी भएको निर्माण युनिटले जनाएको छ । ‘पशुपति प्रसाद’ को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा फिल्म रिलिज भएको हो ।

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech