आईकोरको धिरजसँग दोश्रो प्राजेक्ट, 'ज्याकी आइएम ट्वान्टी वान' घोषणा 

फिल्मी फण्डा । आईकोर फिल्मसले धिरज मगरसँग दोश्रो प्राजेक्ट गर्ने भएको छ । निर्देशक रेनशा वान्तवा राई (राणा)ले फिल्म 'ईन्टु मिन्टु लण्डन'मा पछि अभिनेता धिरजसँग ‘ज्याकी आइएम ट्वान्टी वान'मा काम गर्ने भउकी छन् । 

फिल्मको औपचारिक घोषणा गरिएको छ । बिहिबार सरस्वती पूजाको अवसर पारेर निर्माण कम्पनि आइकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल भिडियो सार्वजनिक गर्दै फिल्म घोषणा गरिएको हो । यस अधि यो फिल्मको नाम 'आइएम ट्वान्टी वान' मात्र थियो । 

लक्षित उमेर समुहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शिर्षकमा 'ज्याकी' थपिएको निर्देशक राणाले जानकारी दिएकी छन् ।

भिडियोमा धिरज ज्याकीको भूमिकामा रहने प्रष्ट पारिएको छ । फिल्ममा धिरजसंगै जसिता गुरुङ र अरुण क्षेत्रीपनि मुख्य भूमिकामा छन् । निर्माण पक्ष चाँडै नै फस्टलुक सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको फिल्म नयाँ बर्षमा रिलिज गरिनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech