आज अनमोल केसिलाई अस्पतालबाट  जिल्ला अदालत लगिने

फिल्मी फण्डा– शुक्रबार बेलुकी पक्राउ परेका नायक अनमोल केसीलाई प्रहरीले आज  अस्पतालबाटै जिल्ला अदालत लाने भएको छ । शुक्रबार बेलुकी पक्राउ परेका अनमोललाई प्रहरीले विर अस्पतालमा स्वास्थ्य जाँच गरेर सिंहदरबार परिसरमा ल्याएको थियो । तर, अनमोलको स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई शुक्रबार बेलुकी नै चिरायु अस्पतालमा भर्ना गरिएको थियो । 

फिल्म ‘फर्कि फर्कि’का निर्माता रोहित अधिकारीले एक  स्टाटस लेख्दै अनमोलले बरु जेल जान तयार भएको तर झुर फिल्म नखेल्ने बताएको उल्लेख गरेका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech