फिल्मी फण्डा । फिल्म 'पशुपति प्रसाद'को ७ वर्ष पूरा भएको छ । सो अवसरमा आइतबार काठमाडौँमा निर्माण कम्पनि 'टुकी आर्टस प्रा.लि'ले केक काटेर खुसियाली समेत मनाएको छ ।
७ वर्ष अगाडी रिलिज भएको ‘पशुपति प्रसाद’ व्यावसायिक र समिक्षात्मक रुपमा अब्बल सावित भएको थियो । सोही फिल्मको सिक्वेल ‘पशुपति प्रसाद २: भष्मे डन'को सिक्वेल बन्ने औपचारीक घोषणा समेत भएको छ ।
अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने सिनेमाको शिर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनेछन् । उनि ‘पशुपति प्रसाद’को लोकप्रिय पात्र ‘भष्मे डन’ हुन् । पछिल्लो दशकमा दर्शक माझ सर्वाधिक प्रभाव छोड्न सफल चरित्र हो ‘भष्मे डन’ । अहिलेपनि सामाजिक संजालमा ‘भष्मे डन’का संवाद र दृश्य लोकप्रिय छन् ।
‘भष्मे डन’मा विपिनसंगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई दिपेन्द्र के खनालले नै निर्देशन गर्नेछन् ।
आगामी फागुन मध्यदेखि छायांकनमा जाने सिनेमा २०८० सालको दशैँ अवसर पारेर फूलपातीमा रिलिज हुने बताइएको छ । फिल्मको कथा पशुपति प्रसादबाटै कन्टिन्यु हुने पनि जानकारी छ ।