पुष्पको विहेको चर्चा, प्रेमिका को हुन् ?

काठमाडौँ । नेपाली सेलेब्रीटीहरु प्रेमको मामलामा छुपारुस्तम हुन्छन् । उनिहरु आफ्नो प्रेमी प्रेमिकाको बारेमा चाडै भनिहाल्दैनन् । 

यो मामलामा अभिनेता पुष्प खड्का पहिलो नम्बरमा पर्छन् । उनको प्रेमको हल्ला अभिनेत्री श्रद्धा छेत्रीसँग चलेको थियो । तर, फिल्म रिलिज भैसकेपछी उनिहरुको निकटता कतै देखिएको छैन । त्यसअघि र त्यसपछी कुनै युवतीसँग उनको प्रेमको हल्ला चलेकै छैन ।

जे होस्, पुष्पले केही दीनअघि मात्र आफ्नो ब्रतबन्ध गरेका छन् । ३४ वर्षको उमेरमा बल्ल ब्रतबन्ध गरेपछि भने पुष्पले विवाहको लागि बाटो बनाएको चर्चा चलेको छ । उमेर पनि पुगेको भएकाले अब पुष्पले बिहे गरे कुनै आश्चर्य मान्नुपर्ने छैन । तर, यिनले आफ्नी प्रेमिकालाइ अझै सम्म पनि लुकाएरै राखेका छन् । 

भन्न त माया मीठो लुकेर लाएको भनिन्छ । तर, माया लुकाएर पटक्कै लुक्दैन । पुष्पको पनि प्रेमिका अस्ट्रेलियामा रहेको स्रोत बताउछ । उनिहरु लामो समयदेखी प्रेममा रहेको पनि बुझ्नमा आएको छ । उनैसँग विवाह गर्न लागेका हुन् रे पुष्पले । ती युवती को हुन्, त्यो पनि चाडै बाहिर आउने नै छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech