फिल्मी फण्डा । फाल्गुन १९ लाई आफ्नो रिलिज मिती तय गरेको फिल्म 'छक्का पन्जा ४' को पहिलो गीत सार्वजनिक भएको छ । 'दर्शन सलाम' बोलको लोक भाकाको गीतमा डेविड शंकर र सहिमा श्रेष्ठले श्वर भरेका छन् । दिपक शर्माले संगित भरेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।
भिडियोमा दीपक राज गिरि, दीपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, स्वस्तिमा खड्का र राज आचार्यले ठुम्का लगाएका छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरीयोग्राफ गरेका हुन् ।
हेमराज बिसिले निर्देशन गरेको फिल्मलाई यो वर्षको निकै अपेक्षित मानिएको छ । छक्का पन्जा एक ब्रान्ड भएकाले यो फिल्मले यो वर्ष पनि सर्वाधिक कलेक्सन गर्ने आँकलन गरिएको छ । तर, सोही मितिमा अनमोल केसिको 'छड्के २' पनि रिलिज हुने भएकाले 'छक्का पन्जा'लाई असर पर्ने पनि देखिएको छ ।
फिल्मलाई दीपकराजले लेखेका हुन् । नरेन्द्र मैनालीले खिचेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहेको छ।