फिल्मी फण्डा । मंगलबार साझ फिल्म 'ह्यारी कि प्यारी'को प्रीमियर सम्पन्न भएको छ । काठमाडौँको बिग मुभिजमा आयोजित ग्रान्ड प्रीमियरमा थुप्रै सेलेब्रीटी, आफन्त र फिल्मकर्मिहरुको उपस्थिति थियो । दीपकराज गिरि, दीपाश्री निरौला, सन्तोष पन्त, केदार घिमिरे, उषा उप्रेती, हिमेश पन्त, यश कुमार, रमेश उप्रेती लगायतका कलाकारले फिल्म हेरेपछी आफ्नो प्रतिक्रिया दिएका थिए ।

प्रीमियरमा पुगेकाहरुले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिए । दुई फरक परिवेश र फरक रहनसहनमा बस्ने युवक र युवतीको प्रेम कथा रहेको फिल्म आउदो शुक्रबारबाट प्रदर्शन हुँदै छ । फिल्मलाई प्रीमियरमा पुगेका पाहुनाले दिएको प्रतीकृया सुन्दा दर्शकलाई पनि फिल्म मन पर्न सक्ने देखिएको छ ।

जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भुमिका रहेको फिल्मलाई कपिल रिजालले निर्देशन गरेका हुन् । कपिलको फिल्म निर्देशनमा डेब्यु भएतापनि अनुभवी निर्देशकको जस्तै काम गरेको फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले बताए ।

यस्तै अक्सर कमेडी क्यारेक्टर निर्वाह गर्ने जितु नेपालले 'ह्यारी कि प्यारी'मा इमोसनल चरित्र निर्वाह गरेका छन् । तर, जितुले पनि उत्कृष्ट अभिनय गरेको भन्दै त्यहाँ पुगेका सेलेब्रीटीहरुले बताए ।

फोटो : सुरज धामी