राजेश हमालसँग उषा रकजले मागिन् माफी

फिल्मी फण्डा,अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन् । उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन् ।केही दिनअगाडि उषाले उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर आलोचना गरेकी थिइन् । हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै उनले अभिव्यक्ति समेत राखेकी थिइन् ।अहिले भने उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै हमालसँग माफी मागेकी हुन् । उनले लेखेकी छन्, ‘म, उषा रजक, हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु । मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन । उहाँको बौद्धिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान् कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ । तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरू बिच कहीँ कतै हराए ।अरू कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु । आखिर शब्द मेरै हुन् । मैले भनेको कुराको लागि म आफै माफी माग्दछु ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech