आकाश र करुणाको प्रेम : म्युजिक भिडियोदेखि पारिवारिक इभेन्टमा संगै

फिल्मी फण्डा । कुनै समय अभिनेता आकाश श्रेष्ठको प्रेम चर्चा अभिनेत्री पूजा शर्मा संग हुने गर्थ्यो । तर,आकाश र पूजाको ब्रेक अप भएपछी पूजा युद्द बानियासंग प्रेममा छिन् र चाडै विवाह गर्ने चर्चा पनि छ । 

यता, अभिनेता आकाश श्रेष्ठको प्रेमको चर्चा पनि मोडल करुणा श्रेष्ठसंग चलिरहेको छ । पछिल्लो समय उनीहरु एक अर्कासंग निकट देखिन्छन् ।

आकाशलाई अफर आएका म्युजिक भिडियोहरुमा आकाशले करुणालाई नै लिनुपर्ने सर्त राख्छन् भन्ने गाईगुई चलेको छ । त्यसैले होला अहिले धेरै म्युजिक भिडियोमा आकाश र करुणालाई संगै देखिन्छ ।

आकाशको पारिवारिक इभेन्टमा पनि देखिन्छिन् करुणा । करुणा र आकाशको यस्तो सामिप्यातालाई 'माया' भन्दा फरक पर्दैन होला सायद ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech