‘लाउँदैन र माया’मा विना र निक्सको रोमान्स

फिल्मी फण्डा । गायिका शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय अधिकारीको शब्द, अधिकारीकै संगीत छ । यो रोमान्टिक गीत कर्णप्रिय पनि छ । यसको भिडियोलाई झनै आकर्षक बनाइएको छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ । फिल्मी शैलीको लाग्ने यो गीतको भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ । 

फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायिका रानी शाक्यले यसपटक रोमान्टिक गीत तिहारको  उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेकी हुन् । 


 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech