प्रभासको पछिल्लो फिल्म ‘सलार’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । ‘सलारः पार्ट वन सिसफायर’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४७ सेकेन्ड रनटाइम रहेको ट्रेलरमा एक्सन दृश्य भरिपूर्ण छ । प्रशान्त नील निर्देशित फिल्म पुस ६ गते हलमा रिलिज हुँदैछ । जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबुजस्ता कलाकार छन् ।

तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज हुने तयारीमा रहेको यो फिल्म सोही मितिमा शाहरुख खानको फिल्म ‘डंकी’सँग भिड्दैछ ।

‘सलार’ को ट्रेलरमा प्रभासको ड्यासिङ अवतार देख्न सकिन्छ । टिजरमा पनि उनी भिन्न अवतारमा देखिएका छन् । तर, यो प्रभासका लागि ठूलो कोशेढुङ्गा साबित हुनेछ ।

किनभने यसअघि आएका उनका सबै फिल्म फ्लप भएका छन् । ‘बाहुबली’ बाट चम्केका प्रभासले आफ्नो अभिनयले दर्शकलाई फेरी आकर्षित तुल्याउन सकेनन् तर ‘सालार’ बाट उनले केही करिश्मा अवश्य गर्न सक्ने अपेक्षा गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech