फिल्मी फण्डा । पुर्व मिस नेपाल शृंखला खतिवडा र प्रेमी सम्भव सिरोहियाले मेहेन्दी लगाएका छन । मेहेन्दीमा शृंखला खतिवडाले सेतो र पिङक कलरको लेहेङगा लगाएकी छिन भने प्रेमी सम्भव सिरोहिया सेतो कलरको सट पाइन्टमा कालो लङ कोट लगाएका छन । उनीहरु मेहेन्दीमा निकै खुशी देखिएका छन ।

शृंखला खतिवडा र प्रेमी सम्भव सिरोहिया विहिबार लगनगाँठो कस्दैछन । केहि वर्षाको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको यो जोडी यतिबेला मिस नेपालहरु र पारिवारिक व्यक्तित्वहरुको उपस्थितिमा विवाहका विभिन्न समारोहमा व्यस्त रहेको छन।