फिल्मी फण्डा । एनिमलको रिलिजपछि तृप्ति डिमरीलाई सामाजिक सञ्जालमा ‘नेशनल क्रस’ पनि भन्न थालिएको छ । अब आईएमडीबीले नयाँ सूची सार्वजनिक गरेको छ जसमा तृप्ति सबैभन्दा लोकप्रिय सेलिब्रेटी बनेकी छिन् ।
आईएमडीबीले हरेक हप्ता यो सूची जारी गर्दछ। हरेक हप्ता आईएमडीबी पेजमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटीले यो सूचीमा स्थान पाउँछन्। तृप्तिपछि यो सूचीमा एनिमल निर्देशक सन्दीप रेड्डी वांगा दोस्रो स्थानमा छन् ।
यो सूचीमा सुहाना खान र खुसी कपूर तेस्रो र चौथो स्थानमा परेका छन् । सायद तृप्ति यति लोकप्रिय भइहाल्छिन् भनेर उनले अनुमान पनि गरेकी थिइनन् । एनिमल रिलिज भएपछि उनको भाग्य बदलिएको छ ।
तृप्तिको लोकप्रियता दिनानु बढ्दो छ । एक रिपोर्टका अनुसार फिल्म रिलिज हुनुअघि तृप्तिको इन्स्टाग्राममा ६ लाख फलोअर्स थिए । अहिले उनका फलोअर्सको सङ्ख्या ३६ लाख पुगेको छ । उनका फलोअरको सङ्ख्यामा ३२० प्रतिशतले वृद्धि भएको छ ।