फिल्मी फण्डा । कलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्ध गीत ल्याएका छन् ।
माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा आचार्यकै शब्द र संगीत छ । स्वरमा उनलाई स्मिता दाहालले साथ दिएकी छिन् ।
उनले मसाज सेन्टर या डान्सबारको काम भनेर लैजाने तर त्यहाँ पुर्याएपछि देह व्यापारमा लगाउने, यातना दिने समस्यालाई गीतमार्फत प्रस्तुत गरिएको बताए ।
साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकार प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायतको अभिनय छ । गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको छ ।