नेपालमा पनि छायांकन गरिएको हिन्दी फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’को यस्तो छ टिजर(टिजरसहित)

फिल्मी फण्डा ।  भारतीय फिल्म ‘अप्रेसन भ्यालेन्टाइन’को टिजर सार्वजनिक भएको छ । फिल्ममा तेलुगू अभिनेता वरुण तेज र पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको शीर्ष भूमिका छ । 

शक्तिप्रताप सिंह हाडा निर्देशित फिल्ममा प्रशस्तै एरियल–एक्सन दृश्य समेटिएका छन् । सोनी पिक्चर्स इन्टरनेसनल र रेनसान्स पिक्चर्सले निर्माण गरेको यो फिल्मको छायांकन नेपालका केही हिमाली थलोमा गरिएको छ ।

वर्किङ टाइटल ‘भिटी १३’ राखेर नेपालमा छायांकन गरिएको यो फिल्मको नामकरण ‘अप्रेसन भ्यालेन्टाइन’ पछि तय गरिएको हो । यो फिल्मका नेपाली लाइन–प्रोड्युसर फूर्वा शेर्पाका अनुसार लाङटाङ उपत्यका, सिन्धुपाल्चोकको जुगल हिमाल क्षेत्रमा यो फिल्मको छायांकन गरिएको थियो ।

यो फिल्मको प्रदर्शन आगामी फेब्रुअरी १६ लाई तय गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech