राजु गिरीको फिल्म ‘ईश्वर’मा  शिशिर वाग्देल अनुबन्धित

फिल्मी फण्डा। राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म  ‘ईश्वर’मा  मुख्य कलाकारको रूपमा शिशिर वाग्देल  अनुबन्धित भएका छन ।

दिव्या कंगना फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मको पटकथा एवं संवाद भोजराज देवकोटाले तयार गरेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत र देव महर्जनको द्वन्द्व रहनेछ ।

माघको २८ गतेबाट फिल्म छायाङ्कनका लागि फ्लोरमा जाने तयारी रहेको छ । गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ माघको १९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech