फिल्मी फण्डा। सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा भएको छ । निर्माता सञ्जय न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् ।
फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजको रहनेछ । न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिंदैछन् । खरेलले ‘प्रेम दिवस’बाट अभिनय करिअर थालेका थिए ।
फिल्मको छायांकन २०८१ सालको असोजबाट गरिने छ ।
सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकाको एलए ग्रुप र कमल खतिवडाको पनि लगानी हुनेछ ।